तिनाउ नदीमा १५ हजार माछाका भुरा छाडिएका छन् । जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन तिनाउ नदीको अम्लिहान र झुम्सा क्षेत्रमा राहु र नैनी जातका १५ हजार माछाका भुरा छाडिएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिनुभएको छ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । पालिकाको वडा ३ को पत्थरदेइया र महादेइया बस्तीमा स्यालले आक्रमण गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ। मार्गचित्रले अबको पाँच वर्षमा कसरी अघि बढ्न सकिने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार भारतबाट अवैध रुपमा नेपाल ल्याइएका दुई हजार ३५० वटा कुखुराका चल्ला नेपालगन्ज १७ नदई गाउँबाट बरामद गरिएको हो।
मेची राजमार्गअन्तर्गत इलामको माइखोलामाथिको खण्डमा पहिरो गएपछि राजमार्गमा यातायात ठप्प भएको छ । आज दिउँसो सडक मर्मत गर्नेक्रममा माथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको हो ।
जिल्ला सदरमुकाम इनरुवा –९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो ।
अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको हाे ।
हमास लडाकूहरूले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लगेका थिए । तीमध्ये केही पहिले नै मृतावस्थामा थिए ।
आँधीखोला गाउँपालिका –२ बेझाङमा भएको बोलेरो जिप दुर्घटना घाइते सातै जनालाई उपचारका लागि पोखरा लगिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाड सँगै आएका कारण हवाई चाप बढेको बताउनुभएको छ।
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।
त्रिकोणात्मक टी–२० सिरिजको उपाधि आयोजक क्यानडाले जितेको छ । बिहीबार राति भएको खेलमा ओमानलाई पाँच विकेटले हराउँदै क्यानडाले सिरिज जितेको हो ।
सर्वदा साहित्य सङ्गमद्वारा नेपालगन्जमा आयोजित एक कार्यक्रममा दुई जना साहित्यकारका दुई कृति विमोचन गर्नुका साथै तीन जनालाई ‘सर्वदा साहित्य सम्मान’ बाट सम्मानित गरिएको छ ।