• १८ असोज २०८१, शुक्रबार

आँधीखोला जिप दुर्घटना अपडेट

घाइते सातैजनालाई पोखरा लागियो

blog

दुर्घटनामा परेको जिप ।

अर्जुन काफ्ले 

स्याङ्जा, असोज १८ गते । आँधीखोला गाउँपालिका –२ बेझाङमा भएको बोलेरो जिप दुर्घटना घाइते सातै जनालाई उपचारका लागि पोखरा लगिएको छ । 

सिरुबारीदेखि पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप शुक्रबार बेझाङ भालेखर्क भित्री सडकमा दुर्घटना भएको थियो । जिपको ब्रेक फेल हुँदा सवारी चालकसहित नौमध्ये घाइतेको सेतीदोभान स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताउनुभयो । 

दुर्घटनामा आँधीखोला गाउँपालिका –५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीय कलावती घिमिरे, ३२ वर्षीय सिर्जना चापागाई, कास्की महानगरपालिका –११ कि तीन वर्षीय सोफिया नेपाली, पोखरा छोरेपाटनक–१६ वर्षीय अमना नेपाली, अर्जुनचौपारी– ५ कि ५८ वर्षीय शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देलको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका लागि लगिएको पौडेलले बताउनुभयो । 

बिरामीको टाउको, हात, खुट्टालगायतमा चोट लागेको पौडेलले बताउनुयभो । जिप चालक अर्जुनचौपारी –५ का २७ वर्षीय सागर विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको, जिप घटनास्थलमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताउनभयो । 

यो पनि पढ्नुहोस

आँधीखोलामा जिप दुर्घटना : सात घाइते