• १८ असोज २०८१, शुक्रबार

पहिरोले मेची राजमार्ग अवरुद्ध

blog

मर्मत सुरु गरिएको मेची राजमार्ग अन्तर्गत इलामको माइखोलामाथिको खण्ड । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज १८ गते । मेची राजमार्गअन्तर्गत इलामको माइखोलामाथिको खण्डमा पहिरो गएपछि राजमार्गमा यातायात ठप्प भएको छ । आज दिउँसो सडक मर्मत गर्ने क्रममा माथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको हो । 

राजमार्ग अवरुद्ध भएपछि झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ आउजाउ गर्ने सवारी साधन बिचमै रोकिएका छन् । पहिरो खसेपछि आज यातायात सञ्चालन गर्न नसकिने अवस्था आएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनीषा कट्टेलले बताउनुभयो । 

वर्षौदेखि जमिन बगिरहेको यो सडक खण्डमा यस पटकको वर्षाका कारण थप समस्या आएको थियो । पछिल्लो समय साना सवारीलाई मात्र सञ्चालन गर्न दिइएको थियो । मर्मतका लागि काम थालेपछि यातायातका साधन ठप्प भएका छन् ।