• १८ असोज २०८१, शुक्रबार

दुई लाखभन्दा बढी मूल्यका प्रतिबन्धित चल्ला बरामद

blog

भारतबाट अवैध रुपमा ल्याइएका प्रतिबन्धित चल्ला। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज १८ गते। नेपालगञ्जबाट अवैध रुपमा नेपाल भित्र्याइएका चल्ला प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार भारतबाट अवैध रुपमा नेपाल ल्याइएका दुई हजार ३५० वटा कुखुराका चल्ला नेपालगन्ज १७ नदई गाउँबाट बरामद गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले भारतबाट अवैध रुपमा ल्याइएका चल्ला नियन्त्रणमा लिइएको बताउनुभयो। उहाँले चाडपर्वको समयमा अवैध ओसारपसार बढेकोले प्रहरीले कडाइ गरेको बताउनुभयो। 

बरामद चल्ला पशु–क्वारेन्टाइन नेपालगन्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सरकारले बोइलर कुखुरा, कुखुराका चल्ला, अण्डा आयातमा प्रतिबन्ध लगाएको छ। आयातमा प्रतिबन्ध लगाए पनि नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा कुखुरा, चल्ला र अण्डा अवैध रुपमा नेपाल भित्रिने गरेको छ।