• १९ असोज २०८१, शनिबार

भारतको उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना, १० जनाको मृत्यु

blog

नयाँ दिल्ली, असोज १८ गते । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्र्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट ३४५ किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्जापुर जिल्लाको जीटी रोडमा शुक्रबार बिहान दुर्घटना भएको हो । 

“भदोही जिल्लामा निर्माण कार्यबाट फर्केका १३ जना मजदुर बोकेको ट्रयाक्टर ट्रलीलाई नियन्त्रण बाहिर गएको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो,” एक वरिष्ठ प्रहरी अधिकारी अभिनन्दनले भन्नुभयो ’ “ट्याक्टर ट्रलीमा सवार १३ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीन जनालाई अस्पताल लगिएको थियो ।” 

प्रहरीका अनुसार मृत्यु भएका मिर्जामुराद क्षेत्रका बासिन्दा हुन् । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । रासस/सिन्ह्वा