• १८ असोज २०८१, शुक्रबार

परराष्ट्रमन्त्री डा. देउवा स्वदेश फिर्ता

blog

स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ।

काठमाडौँ, असोज १८ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किनुभएको छ। परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार  स्वदेश फर्कनुभएको हो। 

अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा बैठकबाट क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीको बैठकमा सहभागी हुनुभयो। परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारमा आयोजित एसियन कोअपरेटिभ डाइलगमासमेत सहभागी हुनुभयो। 

आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘कतारमा एसियन कोअपरेटिभ डाइलग थियो। त्यसमा दुई वटा इस्यु थियो–एउटा एआईकै इस्यु थियो। त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो। यी कुराहरुलाई हामीले राख्यौं। विश्व शान्ति र एसियामा भइरहेको लडाइँको विषयमा पनि कुरा भयो।  त्यहाँ खेलकुद कूटनीतिको विषय पनि थियो। त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर ¥याफ्टिङको एकदमै सम्भावना छ। हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा राखेर आएको छु। जुन देशमा जाँदा पनि नेपालीलाई राम्रो भनेको पाइयो। नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ।’’

कतारमा आयोजित सम्मेलनमा एसिडी सम्मेलनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गर्नुभएको थियो।