• १८ असोज २०८१, शुक्रबार

एमाले मेरिङ्देन गाउँपालिका अध्यक्षमा केदेम

blog

नवगठित पालिका कमिटी अध्यक्ष आसलाल केदेम (बाँया) लाई बैठक पुस्तिका हस्तान्तरण गरिँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १८ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेरिङ्देन गाउँपालिका कमिटी अध्यक्षमा आशलाल केदेम (आशिष) चयन हुनुभएको छ। गाउँपालिकाको दोस्रो अधिवेशनबाट केदेम अध्यक्ष रहेको पालिका कमिटी सर्वसम्मत चयन गरिएको हो।

एमाले जिल्ला कमिटी सचिव एवम् प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङ राईका अनुसार २७ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा मनोजकुमार तुम्बाहाम्फे, सचिवमा भरत न्यौपाने र उपसचिवमा आयुष केदेम र लीलामाया शेर्पा चयन हुनुभएको छ।

एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, जिल्ला कमिटी उपाध्यक्ष दीपेन्द्र पोमू, सचिव चाम्लिङ, उपसचिवद्वय भीमादेवी ओझा र गोपाल न्यौपाने सहितका जिल्लास्तरीय पार्टीका नेताहरुको उपस्थितिमा पालिका अधिवेशन सम्पन्न भएको बताइएको छ।