• १८ असोज २०८१, शुक्रबार

न्युरोड क्षेत्रमा दसैँको चहलपहल : बढ्यो भीड (फोटो फिचर)

blog

न्युरोड क्षेत्रमा किनमेलका लागि लागेको भीड । तस्बिर : कविन अधिकारी

काठमाडौँ, असोज १८ गते । हिन्दु नेपालीको विशेष पर्व दसैँको किनमेलले बजारमा भीडभाड बढेको छ । राजधानीको पुरानो बजार न्युरोडसहित विभिन्न क्षेत्रमा किनमेल गर्नेको भीड देखिन्छ । लत्ताकपडा, भाँडाकुडादेखि सुनसम्म किनमेलका लागि सबै उपभोक्ता न्युरोडमै पुग्दा सवारीको चापसमेत बढेको छ । यो क्षेत्रमा यति बेला हिँड्दा ठुलै भीड छिचोल्नुपर्ने हुन्छ । गोरखापत्र अनलाइनका लागि न्युरोड, असन, इन्द्रचोक र महाबौद्ध क्षेत्रमा पुगेर कविन अधिकारीले कैद गर्नुभएका तस्बिर :