• १८ असोज २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

गुणबहादुर रोका

सुलीकोट, असोज १८ गते । गोरखामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका –२ तान्द्राङका ३४ वर्षीय टीकाराम लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार हिजो दिउँसो २ बजेको समयमा गोरखा आँबुखैरनी सडक खण्डमा पर्ने गोरखा नगरपालिका –९ ठिंगुरेश्वरामा गोरखा सदरमुकामबाट आँबुखैरनीतर्फ जाँदैगरेको बा ४२ प ७९८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भ सडक छेउको डिभाइडरमा ठोक्किँदा मोटरसाइकल चालक टीकाराम लामिछाने गम्भीर घाइते भ जिल्ला अस्पताल गोरखामा उपचार गर्ने क्रममा साँझ ४ः२५ बजे मृत्यु भएको उहाँले बताउनुभयो । 

मृतक टिकाराम लामिछाने मा जगदम्बा इन्टरप्राइजेजका बजार प्रतिनिधिको रुपमा काम गर्दै आउनुभएको थियो । त्यही सिलसिलमा आँबुखैरेनी जाँदैगर्दा मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।