• १८ असोज २०८१, शुक्रबार

माछीखोला-धार्चे सडक सञ्चालनमा

blog

गुणबहादुर रोका

सुलीकोट, असोज १८ गते । गोरखामा अविरल वर्षाका कारण माछीखोला–धार्चे सडक खण्ड झण्डै ३ महिनापछि सञ्चालनमा आएको छ । गत असार पहिलो हप्तादेखि परेको अविरल वर्षाका कारण माछीखोला–धार्चे सडक अवरुद्ध भएको ३ महिनापछि धार्चे–माछीखोला सडक शुक्रबारदेखि सडक सञ्चालनमा आएको हो । 

उत्तरी गोरखाको माछीखोला–धार्चे सडक अन्र्तगत अविरल वर्षाका कारण विभिन्न ठाउँमा भौगोलिक विकटताका कारण सय मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरु ढुंगा, माटो र लेदोलो सडक नै बगाएपछि सबारी साधनहरु आवतजावत नै बन्द हुन पुगेको थियो । 

वर्षातका समय सकिएपछि धार्चे गाउँपालिकाको पहलमा उत्तरी गोरखाबासीको मागलाई सम्बोधन गर्दै गाउँपालिकाले भत्किएका सडकहरु मर्मत सम्भार गरी सवारीसाधनहरु आवतजावतमा सहज बनाइएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका विभिन्न पर्यटकिय क्षेत्रहरु जानका लागि सडक बाटो भएर जाने मुख्य सडक भएकाले पनि गाउँपालिकाको पहलमा सडक बाटो सुचारु गरिएको उहाँले बताउनुभयो । 

धार्चे गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम निरन्तर रुपमा चलिरहेकाले सडक भासिएको ठाउँमा नयाँ सडक खोली सडक बाटो सहज बनाइ सवारीसाधन सञ्चालनमा ल्याएको धार्चे गाउँपालिकाले जनाएको छ । 

सडक मर्मत तथा सम्भार भएपछि शुक्रबारदेखि एकतर्फी रुपमा सुचारु भएपछि बेनीघाटदेखि आर्खेत सम्म आवतजावत गर्ने यात्रुबाहक सबारी साधन सुचारु हुन थालेका धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताउनुभयो । 

वर्खा लागेसँगै अवरुद्ध भएको सडक शुक्रबारदेखि सञ्चालनमा आएको छ, गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, “अब माछीखोलासम्म बस र अन्य सवारीसाधन चल्ने सक्ने गरी बाटो मर्मत भएकाले खोर्लाबेशीसम्म जीपहरु सहज रुपमा सवारीसाधनहरु आवतजावतमा सहजता भएको छ ।”

वर्खा सकिएसँगै नेपालीहरुको महान चाड दशँै र तिहारको लागि धार्चे गाउँपालिका भित्रका कच्ची सडकहरु मर्मत गर्ने कार्य भइरहेको धार्चे गाउँपालिकाले जनाएको छ ।