पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लामो सार्वजनिक बिदा हुने दसैँ, तिहार पछिल्लो समय घुमफिरका अवसरसमेत बन्दै गएका छन्। पर्यटन राजधानी पोखराको फेवाताल किनारमा अहिले आन्तरिक र बाह्य पर्यटकको चहलपहल छ।
तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो ।
चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ।
धनुषाको मिथिला नगरपालिका-७ पोखरियास्थित मिथिला सागर र आसपासको मनोरम दृश्य। यो ठाउँ अहिले आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ
वालिङ नगरपालिका–८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुग्नुभयो । उहाँ लौरोको सहारामा पतञ्जलि योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्नुहुन्छ ।
विजयादशमीको घटस्थापनादेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीका मूर्ति विसर्जनका लागि निकालिएका जुलुसले अहिले नगर परिक्रमा गरिरहेका छन्।
धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन।
दुर्गा पक्ष एवं बडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ।
झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बडादसैँमा ससुरालीमा टीका लगाउन आएका एक व्यक्तिको आइतबार तनहुँमा मृत्यु भएको छ।
आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका-२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको पाँच सय वर्षे खड्ग जात्रा थेग्न समस्या हुँदै आएको छ।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ।
तनहुँमा डेंगु फैलिँदा बडादसैँको रौनकता बढ्न सकेको छैन । विशेष गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजार क्षेत्र र सदरमुकाम दमौलीमा घरैपिच्छेका मानिस बिरामी हुँदा चाडपर्वको समयमा आफन्त, इष्टमित्रमा खुसी छाउन नसकेको हो ।
लमजुङको सारिङबाट सदरमुकाम बेँशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएको छ ।