गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ।
यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ।
तनहुँमा भएको दुर्घटनामा गोरखामा कार्यरत ट्राफिक प्रहरी हवल्दारको सोमबार दिउँसो मृत्यु भएको छ।
सोमबार दिउँसो तानसेन-रानीमहल सडक हुँदै तानसेनतर्फ आइरहेको लु १ ज ४९६८ नम्बरको इभी गाडी अनियन्त्रित भएर भित्तामा ठोक्किँन जाँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो।
झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ। यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ।
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग खुलेसँगै ताप्लेजुङस्थित पाथीभरामा तीर्थयात्री आउनेक्रम बढेको छ।
गोरखामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। दुर्घटनामा धादिङ को त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटारका २० वर्षीय निशान गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो।
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्। साउन महिनायता ती गैँडा मृत भेटिएका हुन्। एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन्।
सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ।
आधुनिक प्रविधिसँगै लोप हुँदै गएको मयूर नाचको संरक्षणमा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका युवा जुटेका छन् ।
बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
विपद् उद्दार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको निधन भएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताउनुभएको छ ।
मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको 'एयर इन्डिया'को विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।