यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका ससाना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् ।
डेंगु सरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलिने गर्छ । डेंगु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका-५ झिँमा एक करोड रुपियाँ खर्च गर्ने गरी जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरु हुने भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएकाे छ ।
पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।
पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । सिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगँैचाले मनोहर छ ।
वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिनुभयो ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. १ र ३ को बीचमा रहेको बायाँखर्कस्थित धानबाली । सिँचाइ सुविधा भएपछि यहाँ धानबाली फस्टाएको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकोतमा बडादसैँका अवसरमा हालिएको रोटेपिङ खेलेर रमाइलो गर्दै युवा युवतिहरु । ग्रामीण क्षेत्रमा समेत रोटेपिङ बनाउने सीप भएका मानिसहरुको संख्या घट्दो छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ रानीपुरका किसान सोमबार धान थ्रेसिङ गर्दै । अहिले यहाँ किसानलाई धान भित्र्याउने चटारो छ ।
सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका आँखाका बिरामीलाई निःशुल्क उपचार गरेको अस्पतालका अध्यक्ष डा विजय गौतमले जानकारी दिनुभयो ।
विपद् उद्धार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । बडूवालको नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापा जानकारी दिनुभयो ।
इलामको चुलाचुलीमा हात्ती आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिका–१ का ७३ वर्षीय राजकुमार राई रहनु भएको छ ।
खोटाङलाई केन्द्र बनाएर गए राति भूकम्प गएको छ । राति १० बजेर ३२ मिनेटमा खोटाङको रावाबेंसी गाउँपालिका–१ कुभिण्डे केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।