मङ्गलबार एक हजार पाँच सय भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् ।
दसैँ बिदापछि खुलेको शेयर बजारमा मंगलबार नेप्से परिसूचक ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ।
आइसीओ विश्व कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले दुई स्वर्ण र एक कांस्य गरी तीन पदक जितेका छन् ।
महिला, शान्ति र सुरक्षासँग सम्बन्धी संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना अन्तर्गतको समिति सुस्त गतिमा छन्।
कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन बङ्गलादेश र श्रीलङ्का टोली मङ्गलबार काठमाडौँ आइपुगेको छ ।
दाङको घोराही उपमहानगरपालिका-१३ स्थित तुरुन्तपुरमा इन्द्रा बुढाले व्यावसायिक रुपमा तिहारलाई लक्षित गरेर गर्नुभएको फूल खेतीमा उम्रेको झार गोडमेल गरिँदै ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाउनुभएपछि भारत र क्यानडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् ।
यो वर्षको बडा दसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
बजारको सिरानीमा कर्णाली राजमार्ग र तल तिला नदीले उच्च जोखिम रहेको कालीकोटको खाडाँचक्र नगरपालिका वडा नम्बर २ स्थित जिते बजार पछिल्लो समयमा खाली भएको हो।
सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।
धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख रुपियाँ मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।
ग्लोबल आइएमई बैङ्क लिमिटेड र महालक्ष्मी विकास बैङ्कबिच गैर कोषमा आधारित बैङ्किङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले समुदायको उत्थानको लागि पहिचान, पहुँच र प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको छ ।
झापाको एक होटलमा तास खेलाइरहेको सूचनाको आधारमा प्रहरीले पाँच लाख नगदसहित १२ जनालाई पक्राउ गरेको छ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १, अग्लुङ्गका खेतमा रोपेको धान पाकेर पहेँलै भएको छ । गत असार महिनामा रोपेको धान पाकेर पहेँलै भएपछि अग्लुङ्गसँगै समग्र जिल्लाका किसानहरू हर्षित भएका छन् ।