नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ ।
सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजारभन्दा बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् ।
दसैँ मनाएर उपत्यका फर्किने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४८ हजार छ सय जना उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले अवरुद्ध बनेको बुद्धसिंह मार्ग लामो समयसम्म पनि सुचारु नहुँदा यात्रु मर्का परेका छन् । २० दिन अघि देखि पूर्ण रूपमा अवरुद्ध भए पनि सुचारु गर्न सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मङ्गलबारदेखि निर्वाचन अभियान सुरु भएको छ ।
गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ बेडको अस्पताल निर्माण सम्पन्न भएकाले सञ्चालनमा ल्याउन लागेको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
खोटाङमा बोलेरो दुर्घटना भएको छ । रावाबेंसी गाउँपालिका–१ कुभिन्डेमा बोलेरो दुर्घटना हुँदा चालकसहित ८ जना यात्रु रहेको बोलेरोमा ६ जना घाइते भएका हुन् ।
युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाएको छ ।
इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समूहबीच द्वन्द्व चर्किएको हो ।
बबई गाउँपालिका-४ मा युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ ।
खराब मौसमका कारण दुई दिनदेखि मन्थली–लुक्ला उडान ठप्प भएको छ ।
अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घका अध्यक्ष डा. तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।
बडादसैँको राति टाउको काटिएको अवस्थामा फेला परेका कोहलपुरका चन्द्रबहादुर कामीको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।