• ३० असोज २०८१, बुधबार

हत्या आरोपित मुख्य अभियुक्त पक्राउ

blog

कोहलपुर इलाका प्रहरी कार्यालय, कोहलपुर । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २९ गते । बडादसैँको राति टाउको काटिएको अवस्थामा फेला परेका कोहलपुरका चन्द्रबहादुर कामीको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । 

रोल्पा जिल्लाको साबिक घर्तिगाँउ गाविस वडा नम्बर नौ हाल माडी गाउँपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीय अनिल परियारलाई कामीको हत्या अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

परियारलाई राप्तीसोनारी गाउँपालिका–१ तिन घारीटोलस्थित भौवा नाका जाने बाटोको दायाँ तर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट मङ्गलबार बिहान ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमान्डमा खटिइएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय कुसुम बाँकेबाट प्रहरी नायब निरीक्षक मोहनलाल वलीको कमान्डमा खटिइएको प्रहरी टोलीले परियारलाई पक्राउ गरी अनुसन्धानका लागी थुनामा राखिएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामीको टाउको घटनास्थलबाट करिब ५०० मिटर पूर्वउत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङकिमा सोमबार फेला परेको थियो । हत्या आरोपित अनिल सुनिताको दाइ नाता पर्ने रहेको खुलेको छ ।

परियारलाई पक्राउ गरिएपनि हत्याको कारण भने अझै खुल्न सकेको छैन । कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामीको टाउको नभएको शव फेला परेको थियो । 

यो पनि पढ्नुहोस

शवको टाउको सेफ्टी ट्याङकीमा