यो वर्षभित्र पाल्पा जिल्लाभर विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । जिल्लाका १० वटै पालिकाका ८१ वटै वडामा विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ ।
इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
मधेशी एकता समाज युएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबईस्थित एक होटलमा धूमधाम र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गर्नुभएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी रहेको छ । नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा घटपट भएपछि नयाँ गठबन्धनको बैठक बसेको हो ।
स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले धरान एक्स्पोमा कृषि, स्वदेशी तथा विदेशी औद्योगिक व्यापार प्रदर्शनमा राखेको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा विद्यार्थीहरूको दन्त (दाँत) परीक्षण तथा उपचार गरिएको छ । मेरिङ्देन गाउँपालिकाले आइतबार वडा ६ नाल्बुमा रहेका विद्यार्थीको दन्त परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो ।
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जामगरले भ्रष्टाचार न्यूनीकरणका लागि नागरिकको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
पूर्व–पश्चिम राजमार्गको चोरमारा–दाउन्ने सडकखण्ड रातिदेखि अवरुद्ध हुँदा हजारौँ यात्रुले सास्ती पाएका छन् । सडक मर्मत र हल्का पानी परेकाले बाटो चिप्लो भएका कारण जाम हुँदा यात्रुले सास्ती पाएका हुन् ।
जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।
दूधको बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् ।
मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।
सरकारको खोप अभियान अन्तर्गत दोलखामा करिब ९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको छ ।
जिल्लामा स्वयंसेवी रक्तदाताको सङ्ख्या बढेको छ । एक वर्षको अवधिमा पाँच हजार तीन सय ९१ जना रक्तदातामध्ये पाँच हजार एकसय ३८ जना स्वयंसेवी रक्तदाता रहेका छन् ।