नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले बाँकेको नेपालगन्जमा महोत्सव सञ्चालन गर्ने भएको छ ।
बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण अन्नबाली जोगाउन समस्या परेको गुनासो गरेका छन् । जानकी–५, गुरुवागाउँका रामकुमार यादवले भन्नुभयो, “न घर जोगाउन सकियो, न त अन्नबाली नै । यसबारे स्थानीय सरकार पूरै जानकार भए पनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ ।”
हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
लगातार परेको वर्षाले स्याङ्जाका विभिन्न ठाउँमा किसानले लगाएको धान बिग्रेको छ । बेमौसममा लगातार पानी परिरहेकाले वर्षभरि दुःख गरेर फलाएको धान किसानले घर भित्र्याउन नपाउँदा तनाव भएको छ ।
माथिल्लो मुस्ताङको ल्होमन्थाङ पुग्ने पर्यटकका लागि यहाँ सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा र स्वास्थ्यका भवन निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।
कर्णाली प्रदेश सरकारले जल संरक्षण र पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित बहुउपयोगी जलाशयको निर्माण गर्ने भएको छ ।
पञ्चेश्वरकी एक १७ वर्षीय किशोरी बेपत्ता पारेको आरोपमा स्थानीय प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार थुनामा परेका छन् ।
बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारको फोहोर व्यवस्थापन कार्यमा निकै सकस भएको छ । बाम्का बजारका अधिकांश व्यापारीले बाम्कानजिकै रहेको पहिरोमा फोहोर फाल्न नछोडेपछि यहाँको बजार व्यवस्थापन समिति त
प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरूप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५/७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो ।
नवलपुरको कावासोतीमा भिजेको धान स्याहार्दै किसान । गत शनिबार र आइतबार दुई दिन परेको वर्षाका कारण काटेको धानबाली भिजेपछि किसान समस्यामा परेका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।
वर्तमान सरकारले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको छ । यस अवधिमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका रह्यो ।
मन्त्री भएको एक महिनाभित्र अस्पतालको भिड हटाउने योजना के भयो ?