शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण भई पदस्थापना भएर आउने नयाँ शिक्षकहरूले कम्तीमा पनि तीन वर्ष पदस्थापना भएको विद्यालयमा बस्न पर्ने नियम लागु गरिएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी-बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्ध कालमा ज्यान गुमाएका सहिद परिवार तथा वेपत्ता भएका परिवारका सदस्यको पार्टी र सरकारप्रति गुनासैगुनासा छन् ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)द्वारा विद्युत प्रसारण लाइन परियोजनाका लागि तनहुँमा एक सय ९९ वटा टावर संरचनाको र एउटा सबस्टेशनको काम भइरहेको छ ।
ताप्लेजुङमा पहिलो पटक कबड्डी सङ्घ गठन भएको छ। सदरमुकाम फुङ्लिङमा सम्पन्न प्रथम भेलाले मदनकुमार सेन्दाङ अध्यक्ष रहेको ताप्लेजुङ जिल्ला कबड्डी सङ्घ गठन गरेको हो।
झापामा सामुदायिक वन परिसरभित्र पर्यटक आकर्षण गर्न धमाधम रूपमा भौतिक संरचनाहरू बनाउने प्रतिस्पर्धा भइरहेको छ । यस विषयमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले यस्तो कार्य रोक लगाउन निर्देशन दिनुभएको छ ।
नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालले पश्चिम नेपालमै पहिलो पटक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सञ्चालन गरेको दाबी गरेको छ ।
जिल्लाको रम्भा गाउँपालिकामा आधारभूत अस्पतालको भवन निर्माण सुरु भएको छ । रम्भा गाउँपालिकाको वडा नं. ५, ताहुँस्थित बाहुनडाँडामा १५ शय्याको आधारभूत अस्पताल निर्माण सुरु भएको हो ।
गण्डकी प्रदेश सभाको सोमबारको बैठकले दुई विधेयक पारित गरेको छ । प्रदेश सभाका विषयगत समितिबाट पारित भएका गण्डकी प्रदेशमा बिउँ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका हुन् ।
यो वर्षभित्र पाल्पा जिल्लाभर विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । जिल्लाका १० वटै पालिकाका ८१ वटै वडामा विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ ।
इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
मधेशी एकता समाज युएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबईस्थित एक होटलमा धूमधाम र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गर्नुभएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी रहेको छ । नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा घटपट भएपछि नयाँ गठबन्धनको बैठक बसेको हो ।
स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले धरान एक्स्पोमा कृषि, स्वदेशी तथा विदेशी औद्योगिक व्यापार प्रदर्शनमा राखेको छ ।