• ३० असोज २०८१, बुधबार

खोटाङ केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प

blog

राजकुमार भट्टराई

खोटाङ, असोज २९ गते । खोटाङलाई केन्द्र बनाएर गए राति भूकम्प गएको छ । राति १० बजेर ३२ मिनेटमा खोटाङको रावाबेंसी गाउँपालिका–१ कुभिण्डे केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका आसपासका जिल्लामा भूकम्पको धक्का राम्रै महसुस भएको थियो । भूकम्पको कारण कुनै क्षति भएको जानकारी हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भूकम्पको केन्द्र कुभिण्डेमा पनि हालसम्म कुनै क्षति भएको जानकारी नआएको त्यहाँका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । 

यसअघि असोज १५ गते सिन्धुपाल्चोकको जलवीरे केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्यूडको र भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।