• ३० असोज २०८१, बुधबार

गाईसँग माेटरसाइकल ठोक्किँदा एकको मृत्यु

blog

मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका अमिन पौडेल ।

नवीन सुवेदी

सुर्खेत, असोज २९ गते । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु छ । सोमबार राति मोटरसाइकल दुर्घटनामा परी सुर्खेत उपत्यका नगर विकास समितिमा कार्यरत अमिन महेश पौडेलको मृत्यु भएको हो । 

वीरेन्द्रनगर–८ कालिञ्चोकबाट घरतर्फ जाँदै गर्दा दैलेख रोडको आचार्य चिया नास्ता अगाडिको सडकमा मोटरसाइकल दुर्घटना हुँदा अमिन पौडेलको मृत्यु भएको हो । पौडेल सवार मोटरसाइकल सडकमा हिँडेको छाडा गाईसँग ठोक्किएकाे र अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

५० वर्षीय पौडेलको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँको शव गृहमा राखिएको छ ।