• २८ असोज २०८१, सोमबार

दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, असोज २८ गते। तनहुँमा भएको दुर्घटनामा गोरखामा कार्यरत ट्राफिक प्रहरी हवल्दारको सोमबार दिउँसो मृत्यु भएको छ।

पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा सोमबार बिहान भएको दुर्घटनामा घाइते ३७ वर्षीय भक्तबहादुर नहर्कीको आबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  

गोरखाको गोरखा नगरपालिका-१४ गोब्लिङका नहर्कीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। 

ट्राफिक प्रहरी हवल्दार नहर्की जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत हुनुहुन्थ्यो। डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको विकास गुरूङले चलाएको ग १ ज ८४१८ नम्बरको इभी भ्यानले गोरखाबाट दमौली आउदै गरेको गण्डकी एएए ०००१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उहाँको मृत्यु भएको हो। 

भ्यानका चालकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा छन्।