• २८ असोज २०८१, सोमबार

सवारी दुर्घटना हुँदा पाँच जना घाइते

blog

सांकेतिक तस्बिर

रेखीराम राना

तानसेन, असोज २८ गते। तानसेन-१, नारायणडाँडामा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। 

सोमबार दिउँसो तानसेन-रानीमहल सडक हुँदै तानसेनतर्फ आइरहेको लु १ ज ४९६८ नम्बरको इभी गाडी अनियन्त्रित भएर भित्तामा ठोक्किँन जाँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो। 

उक्त गाडीमा १३ जना सवार रहेका थिए। अन्य सबै सकुशल रहेका छन्। घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।  

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।