बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा दसैँको बेला नाचिने ‘सखिया नाच’ को रमझम जारी रहेको छ ।
गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा रैथाने गाईको संरक्षण गर्न गाईपालक किसानलाई भत्ता प्रदान गरिने भएको छ ।
जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन् ।
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वाभाविक परिवर्तन भएको पाइएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीमा टाउको नभएको एक पुरुषको शव भेटिएको छ । ती पुरुषको दसैँको दिन राति घाँटी काटेर हत्या गरिएको हो ।
जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् ।
हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
दसैँ टीकाको दिन कैलालीमा १६ स्थानमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मान्छेले मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउँदा धेरै दुर्घटना भएका हुन् ।
बाजुरामा दसैँ लागेसँगै जिल्लाको मार्तडी बजार सुनसान बनेको छ । मार्तडी बस्दैआएका अधिकांश स्थानीय दसैँ मनाउन गाउँघर गएसँगै मार्तडी बजार केही दिनदेखि सुनसान बनेको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका –३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ ।
सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ ।
आँधीखोला ५ मा रहेको आनन्द आश्रम ज्ञानकेन्द्रले दुई जना प्रधानाध्यापकलाई सम्मान गरेको छ ।
बडादसैँलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा रु तीन लाख बढीको सामान नष्ट गरिएको छ ।
स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् । नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८० कार्यान्वयनमा ल्याएसँगै यहाँका ११ अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन् ।