आँधीखोला ५ मा रहेको आनन्द आश्रम ज्ञानकेन्द्रले दुई जना प्रधानाध्यापकलाई सम्मान गरेको छ ।
बडादसैँलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा रु तीन लाख बढीको सामान नष्ट गरिएको छ ।
स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् । नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८० कार्यान्वयनमा ल्याएसँगै यहाँका ११ अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन् ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ मा अवस्थित अग्लुङ्गफेदी बजार गुल्मी र प्युठानको सिमानामा छ।
बाजुरामा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) नदिने चलन कायमै रहेको छ ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यस पटकको दसैँमा राम्रो बजार पाएको छ ।
अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका-८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
नेपालगन्ज १६ जयसपुरस्थित पुरानो भन्सार कार्यालय अगाडिको ब्यारियर त्यहाँबाट जमुनाहा नाकामा सारिएपछि स्थानीयलाई रातिको समयमा आवागमनमा सहज भएको छ ।
विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ ।
पुजारीबाहेक मन्दिरमा कसैलाई भगवतीको पूजाआजा तथा दर्शन गर्न निषेध गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ ।
प्युठानको ऐरावती गाउँपालिका-६ च्यूरापानीस्थित ऐतिहासिक धार्मिकस्थल बिजुलीकोट मानिन्छ । यहाँ हरेक दसैँको रामनवमीका दिनमा ठुलो मेला (राम) लाग्ने गर्दछ ।
दसैंको अवसरमा बाँकेको डुडुवामा हरेक वर्ष सञ्चालन गरिंदैआएको एक लाख रुपियाँ पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिताको उपाधि यस वर्ष आयोजक नवदुर्गा युवा क्लबले हात पारेको छ ।
पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् ।
केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ ।