राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस वर्षको विजया दशमीको टीका र जमरा लगाइदिनु भएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ मा रहेको झोलुङ्गे पुलबाट हाम्फालेका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
उत्तरपश्चिम टर्की प्रान्त टेकिर्दागमा नियम उल्लंघन गरी सवारीसाधनमा भाग्न खोज्दा ११ गैरकानुनी आप्रवासीलाई पक्राउ परेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गर्नुभएको छ ।
मकवानपुरमा करेन्ट लागेर दुई जना बालिकाको मृत्यु भएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले धर्म र न्यायको प्रतिष्ठा गर्ने विजयादशमीले सबैमा शान्ति, प्रेम र करुणाको विकास गर्ने अपेक्षा गर्नुभएको छ ।
दसैं आएसँगै प्युठानको ऐरावती गाउँपालिका ६ स्थित गाउँमा परम्परागत शैलीबाट घरेलु मदिरा (रक्सी) बनाइँदै छ । आदिवासी जनजाति समुदायले जन्मदेखि मृत्युसम्म गर्ने विभिन्न कार्य क्रियाकलापमा रक्सी अनिवार्य प्रयोग गर्ने गरिन्छ ।
बाँकेमा यस वर्ष दसैंको अवसरमा जिल्लाका विभिन्न स्थानमा दुई करोड रुपियाँ भन्दा बढीका दुर्गा भवानीका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् ।
कुनै समय गाउँका अधिकांश गन्धर्व समुदायले सारंगी बजाउथे । त्यही सारंगीको भरमा विभिन्न गाउँ गाउँमा पुगेर गीत गाउँथे र परिवारको जीविका चलाउँथे । अहिले त्यो समय हराउँदै गएको छ । गाउँहरूमा सारंगी बजाउने र गीत गाउने गन्धर्वहरू घट्दैगएका छन् ।
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा सुरु भएको छ ।
नेपालगन्जको रामलिला मैदानमा शनिवार दिउँसो भव्य कार्यक्रमबिच ५५ फिटको रावणको पुत्ला दहन गरिदैछ । विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको १०औँ दिन शनिवार दिउँसो भव्य मेलामा रावण बध गर्न लागिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेको बताउनुभएको छ ।
विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व २०८१ बाट ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिनुभएको छ ।