प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । उहाँले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको हो ।
गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको बिचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको बिचित्र गुफा साँच्चिकै बिचित्रको छ ।
तनहुँ कारागारका कैदीबन्दीलाई नेपालीहरुको महानपर्व विजया दशमीको अवसरमा आज टिका तथा जमरा लगाउने अवसर पाएका छन् ।
विजयादशमीको टीकाको साइत आरम्भ भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ३६ मिनेट जाँदा टीकाको शुभ साइत सुरु भएको हो ।
गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ ।
दसैंको अवसरमा नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्नेहरु बढ्दै गएका छन् ।
दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन ।
शक्तिपीठमा चिनिने स्याङ्जाको आलमदेवी, गहौँकोट, नुवाकोट, खिलुङ्गकोटमध्ये सबैभन्दा पुरानो सतौँकोट (चण्डीस्थान) मानिन्छ ।
बाजुराको बुढीगङ्गा नगरपालिका–४ बानेगाउँका स्थानीय पदम लुहारले गाउँमै सञ्चालन गरेको आरन व्यवसायले जीविकोपार्जन सहज बनाउनुभएको छ ।
पाल्पाको रिब्दिकोटमा रहेको पश्चिम नेपालकै एक मात्र शक्तिपिठ भैरवस्थान मन्दिरमा पाँचसय बर्षदेखि अखण्ड दीप बलिरहेको छ ।
नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ ।
लामो समयदेखि आवरण कला र लिपि साधनामा लाग्नुभएका रमेश पौडेलले आफ्नै हस्तलिपिलाई मौलिक फन्टका रूपमा विकास गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले असोजको दोस्रो साता आएको बाढीपहिरोले भत्काएको बीपी राजमार्गलाई चाँडो पुननिर्माण गरेर सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
म्याग्दी धवलागिरि गाउँपालिका ७ स्थित प्रशिद्ध धार्मिकस्थल ताकमकोतमा दसैंमा ठेलो फाल्ने प्रतियोगिता अझै कायम छ । तत्कालीन थापा राजाको पालाबाट सुरु भएको ठेलो फाल्ने संस्कृतिलाई ताकमबासीले आठसय वर्षदेखि निरन्तरता दिँदैआएका छन् ।
रोजगारी तथा अध्ययनको लागि गाउँ छाडेर देशका विभिन्न शहरमा तथा विदेश पसेकाहरु चाडपर्व मनाउन घर फर्केपछि तनहुँका गाउँ–गाउँमा दसैँको उल्लास छ ।