• २६ असोज २०८१, शनिबार

भैरवस्थानमा बल्दैछ पाँचसय वर्षे पुरानो दीप

blog

पाल्पाको रिब्दिकोटमा शक्तिपिठ भैरवस्थान मन्दिरमा पाँचसय बर्षदेखि बलेको अखण्ड दीप । तस्विरः विन्दु थापा

बिन्दु थापा 

पाल्पा, असोज २६ गते । पाल्पाको रिब्दिकोटमा रहेको पश्चिम नेपालकै एक मात्र शक्तिपीठ भैरवस्थान मन्दिरमा पाँचसय वर्षदेखि अखण्ड दीप बलिरहेको छ । 

जहाँ बलिरहेको दिपले आरती लिने र त्यहाँको खरानीलाई विभूती मानेर लगाउने दर्शनार्थीको मन जितेको छ । आरती लिएर मागेको बर पूरा हुने धार्मिक विश्वासका साथ दर्शनार्थीहरुले आरती लिने गर्दछन् । 

हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र भैरवस्थान मन्दिरमा रहेको अखण्ड दीपमा वर्षमा ३६५ मूडा प्रयोग हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार अखण्ड दीप साधु सन्तहरुले तान्त्रिक मन्त्रबाट मन्त्रेर स्थापना भएको थियो ।