• २६ असोज २०८१, शनिबार

बीपी राजमार्ग चाँडै पुनरनिर्माण गरेर व्यवस्थित गर्छौं : मन्त्री दाहाल

blog

मन्त्री देवेन्द्र दाहाल । फाइल तस्विर

बिष्णुप्रसाद पोखरेल

दमक, असोज २६ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले असोजको दोस्रो साता आएको बाढीपहिरोले भत्काएको बीपी राजमार्गलाई चाँडो पुननिर्माण गरेर सञ्चालनमा ल्याइने बताउनुभएको छ । 

बाढीपहिरोले वीपी राजमार्गको १२ किलोमिटरभन्दा धेरै भाग बगाएको छ । गृह जिल्ला झापामा रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको बीपी राजमार्ग भएर काठमाडौं फिर्न सक्ने अवस्था सिर्जना हुने बताउनुभयो । 

धेरै भत्किएका र बगाएका सडकहरु सञ्चालनमा आइसकेको भन्दै उहाँले दसैंको समयमा पनि सडक पुनः निर्माणको काम नरोकिने उल्लेख गर्नुभयो । दसैं मनाउन पूर्वी नेपाल आउनु भएका यहाँहरु बीपी राजमार्ग भएर फिर्न सक्ने अवस्था सिर्जना गर्न हामी लागि परेका छौ, दाहालले भन्नुभयो । 

आंशिक रुपमा सडक सुचारु भइसकेको जानकारी दिदै पूर्णरुपमा सञ्चालनमा ल्याउनका लागि अहिले सबै शक्ति प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो । यसैबिच दसैंमा गृह नगर दमक आउनुभएका मन्त्री दाहालले झापासहित पूर्वी नेपालका बिभिन्न पुल तथा सडक योजनाहरुको अनुगमन गर्नुभयो । 

कमल गाउँपालिका अन्तर्गत मंगलबारे–शिवगंज सडकमा पर्ने गेउरिया खोलाको पूल निर्माणको स्थलगत अवलोकन गर्नु भएको दाहालका स्वकीयसचिव गोपाल झापालीले जानकारी दिनुभयो ।