समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
प्रिमनसुनमा भएको वर्षाले हिउँदे बालीलाई फाइदा गरेको किसानले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण शनिबारदेखि कैलालीसहित विभिन्न जिल्लामा पानी परिरहेको छ । यसबेला भएको वर्षाले बाली राम्रो हुने कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताउनुभयो । वैज्ञानिक रूपमा पाँच/छ पटक गहुँ सिँचाइ गर्नुपर्ने भए पनि किसानले प्रायः एकचोटि मात्रै गहुँमा पानी हाल्ने गरेका छन् । बलौटे र अग्ला ठाउँमा गहुँ बालीले पानी खोजिरहेका बेला भएको वर्षाले उत्पादन वृद्धिमा सहयोग पुग्ने चौधरीको भनाइ छ ।
सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को सोही समयमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोगविहीन दूरसञ्चार फ्रिक्वेन्सीको आवश्यकता अनुसार उपलब्धता बढाउँदै जाने नीति अख्तियार गर्ने भएको छ । दूरसञ्चार सेवाका लागि उपलब्ध कुल फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्र प्रयोगमा रहेकाले अवितरित फ्रिक्वेन्सी वितरण गर्दै जाने नियामकले योजना बनाएको हो । प्राधिकरणको २६ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष भूपेन्द्र भण्डारीले सीमित स्रोतका रूपमा रहेको दूरसञ्चार सेवाका लागि छुट्याइएको फ्रिक्वेन्सीमध्ये हाल १५ प्रतिशत मात्रै आपूर्ति भएको बताउनुभयो ।
वैदेशिक रोजगार बोर्डको सहकार्यमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना गरेको रोजगार मेला ‘जब फेयर २०२४’ सम्पन्न भएको छ । रोजगारदाता/एजेन्सी र श्रमिकलाई प्रत्यक्ष जोड्ने उद्देश्यसहित सङ्घले शनिबार युएईमा १७ वर्षपछि उक्त मेलाको आयोजना गरिएको हो ।
स्थानीय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । एक महिनाअघिदेखि घट्दै गएको सुनको मूल्य अहिले आएर पुनः बढ्न थालेको हो । आइतबार सुनको मूल्य बढेर प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएको छ ।
दैलेखमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य बरुनाथ योगीसहित सयौं नेता कार्यकर्ता नेकपा (एमाले) मा फर्किएका छन् ।
गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलसहित हमासको टोली इजिप्ट पुगेको इजिप्टको सरकारी समाचार संस्था अल–काहेरा न्यूजले आइतबार जनाएको छ ।
प्युठानको गौमुखी गाउँपालिका–६ बुक्तिचौरमा फुलेको लालीगुराँस । ढकमक्क फुलेको लालीगुराँसले आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आजबाट प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ।
सङ्घीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरले एक महिलालाई घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जिल्लामा पार्टी सङ्गठन चुस्त बनाउनेगरी काम गर्न आग्रह गर्नुभएको छ । एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानासहित पदाधिकारी तथा नेताहरूसँग आफ्नै निवास बालकोटमा कुरा गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।
प्रहरीले अनलाइनमार्फत ४९ लाख ५८ हजार आठ सय रुपियाँ ठगी गर्ने सञ्जालका चार जना पक्राउ गरेको छ।