• २८ असोज २०८१, सोमबार

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

दुर्घटनाग्रस्त मोटरसाइकल । तस्बिरः गोरखा प्रहरी

गुणबहादुर रोका

गोरखा, असोज २७ गते। गोरखामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। दुर्घटनामा धादिङ को त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटारका २० वर्षीय निशान गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो। 

गोरखा आरुघाट सडकखण्डमा पर्ने भिमसेन थापा गाउँपालिका–३ सिफलफेदमा चालक रुपेश गिरीेले चलाएको बा ३६ प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो। आरुघाट आधारभूत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा उहाँको सोमबार साँझ निधन भएको हो। 

गम्भीर घाइते मोटरसइकल चालक रुपेश गिरीलाई उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। गोरखा दरबार र सग्रहालय घुमेर फर्किनेक्रममा  मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ।