• २८ असोज २०८१, सोमबार

सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन

blog

काठमाडाैँ, असाेज २८ गते । विपद् उद्दार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको निधन भएको छ। असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो । 

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका-५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो । सोही बेसमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हाल सम्म त्यहिं कार्यरत थिए । पछिल्लो समय असोज ११ गते देखिको अबिरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउंमा भएको धनजनको क्षतिमा उद्दारका लागि उहाँको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो । 

सो बेसबाट काभ्रेको रोशी, भुमिडाँडा, बेथानचोक  नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङ लगायतका स्थानमा परिचालित थियो । सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो । 

बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए । उनको आजै सांझ पशुपती आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिने छ । उहाँ संगठनमा मिजासिला, हंसिलो स्वभाव भएका, जिम्मेवारी प्रती लगनशिल अधिकृत थिए ।