• २८ असोज २०८१, सोमबार

विकासमा राजनीतिक सहमति आवश्यक छ : महासचिव पोखेरेल

blog

गोकर्ण पौडेल

तुलसिपुर, असोज २८ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताउनुभएको छ ।

गृह वडामा आयोजित अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गर्नुभयो ।

महासचिव पोख्रेलले केपि शर्मा वली नेतृत्व सरकारले विकासका माध्यमबाटजनताको जीवनस्तर उकास्ने,बदल्ने, पशुपालन,खेतीपाति नयाँपन, पूर्वाधार निर्माण ,रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको बताउनुभयो ।

उहाँले फरक प्रसङ्गमा घोराही तुलसिपुर सडकखण्डमा रहेका  खोलामा फोरलेनकै पुल निर्माण सुरु भएको र फोरलेन सडकको पुन ठेक्का प्रक्रिया अघि बढेको बताउनुभयो ।