• २८ असोज २०८१, सोमबार

बमको धम्कीपछि 'एयर इन्डिया'को विमान दिल्लीमा अवतरण

blog

'एयर इन्डिया'को विमान । तस्बिर : भारतीय सञ्चारमाध्यम ।

नयाँ दिल्ली, असाेज २८ गते । मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको 'एयर इन्डिया'को विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई एयरपोर्टले 'एक्स'मा न्यूयोर्क जाने उडानमा बमको धम्कीको बारेमा सन्देश प्राप्त गरेको थियो। यो सन्देश दिल्लीका सुरक्षा एजेन्सीहरूलाई पठाइए लगत्तै विमानलाई दिल्लीतर्फ लैजान आग्रह गरिएकाे हाे । त्यसपछि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा साे विमान अवतरण गरिएको छ। विमानमा सवार सबै यात्रु सकुशल छन्। 

यस्तै, प्रहरी र सुरक्षा निकायले विमानको जाँच गरिरहेका छन्।

यसैगरी, एयर इन्डियाले एक विज्ञप्ति जारी गरी मुम्बईदेखि 'जेकेएफ' विमानस्थलका लागि उडेको 'एआई-११९' को उडान सुरक्षा चेतावनीका कारण दिल्ली डाइभर्ट गर्नुपरेको र यात्रुलाई परेको असुविधा सक्दो कम गर्न प्रयासरत रहेको जनाएको छ।