सर्लाही क्षेत्र नं. ४ को मतगणना भर्खरै सुरु भएको छ । निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार शुक्रबार बिहान १०ः२० बजेदेखि मतगणना सुरु भएको हो ।
बागलुङ क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ । केही समयअघि सम्पन्न भएको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना कार्य सुरु भएको छ ।
सिरहाका चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ भने निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादवले सुरुआती अग्रता लिनुभएको छ।
रुकुमपूर्वको मतगणनामा सुरु देखि नै नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता कायमै राख्नु भएको छ ।
सुनसरी–१ मा ११ बजेबाट मतगणना सुरु गरिने भएको छ । बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणनाको लागि शुक्रबार बिहान ९ बजे बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले ११ बजे सुरु गरिने सहमति भएको जिल्ला निर्वाचन अधिकारी दिव्यराज अधिकारीले जानकारि दिनुभयो ।
प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन एक क्षेत्र रहेकामे दोलखामा मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक बोलाइएको छ ।
एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले निरन्तर अग्रता लिनुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकपछि आज साढे १० बजेदेखि मतगणना सुरु गरिने भएको छ । मतगणनाका लागि जिल्ला समन्वय समिति सल्यानको सभाहलमा आवश्यक तयारी पूरा गरिएको छ । सर्वदलीय बैठकमा मतगणनासम्बन्धी प्रक्रिया, व्यवस्थापन तथा सुरक्षा व्यवस्थाबारे छलफल गरिएको थियो ।
बाँके जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार र एउटा क्षेत्रमा एमालेका उम्मेदवारले मतगणनामा अग्रता लिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । आज बिहान ९:३० बजेदेखि दाङ जिल्ला अदालतमा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको हो ।
सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बिहीबार बिहान ११ बजेदेखि सुरु गर्ने सहमति भएको छ। मतगणना अघि बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले आज ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन मकवानपुरको मतगणना शुक्रबार १०ः३० बजेबाट सुरु हुने भएको छ । दुबै निर्वाचन क्षेत्रको मत पेटिका मत गणना स्थल हेटौँडा–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा आइसकेको छ ।
म्याग्दीमा मतगणना सुरु गरिएको छ । गणना जिल्ला समन्वय समितिको सभाहलमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो ।