काठमाडौँ प्रतिनधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि रन्जु दर्शना फराकिलो मतान्तरका साथ अग्रस्थानमा हुनुहुन्छ ।
दाङ निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता बनाउनु भएको छ। हालसम्म ६ हजार ५११ मत गणना हुँदा २३१ मत बदर भएको छ। गणना अनुसार रास्वपाका पाठकले ३ हजार ९५९ मत प्राप्त गर्नुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका तीन मतदान केन्द्रको मतगणना परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य अग्रस्थानमा देखिनुभएको छ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान गणना गुल्मीमा शुक्रबार बिहान १० बजेदेखि गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयको सभाहलमा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले यस जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आज बिहान १० बजेदेखि गरिने निर्णय गरेको हो।
रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो बनाउँदै लग्नुभएको छ । १० हजार ६२९ मत गणना गर्दा खरेलले सात हजार १५१ मत ल्याउनुभएको छ ।
जिल्लाका २१५ मतदान केन्द्रमा भएको ४३८ वटा मतपेटीका रातिभरीमा सदरमुकाम आईपुगेपछि शुक्रबार ११ बजे सर्वदलीय बैठक गरी मतगणना गर्ने तयारी भएको छ । सर्वदलीय बैठक आह्वान गरी ११ बजेपछि मतगणना हुने मुख्य निर्वाचन अधिकतृ तीर्थराज भट्टले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सुरुवाती अग्रता लिनुभएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।
रुकुम पश्चिममा सर्वदलीय बैठक सुरु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणनाका लागि सर्वदलीय बैठक बसेको हो ।
दुई वर्ष अघि भूकम्पले क्षतिग्रस्त जाजरकोट अदालतको भवनम मतगणना हुने भएको छ । बिहीवार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनका मतपेटिका मुख्य निर्वाचन कार्यालयमा आइपुगेका छन् । सबै मतदान केन्द्रबाट मतपेटिका जाजरकोट सदरमुकाम पुर्याएको हो ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना शुक्रबारबाट सुरु गरिने भएको छ ।
क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चपला पोखरेलले राससलाई जानकारी दिनुभयो ।
धनुषाका चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म निर्वाचन क्षेत्र नम्बर ३ मा मात्र मतगणना सुरु भएको छ भने अन्य तीन क्षेत्रमा गणना सुरु हुन सकेको छैन ।
रुकुमपूर्वको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता लिनुभएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गर्नुभएको छ ।