फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका १७ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्याग्दी जिल्लामा ८२ स्थानमा ११९ मतदान केन्द्र सिफारिस गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कले ५० रुपियाँ दरका ४२ करोड थान नोट छाप्ने भएको छ । राष्ट्र बैङ्कले नोट छाप्नका लागि चिनियाँ कम्पनी ‘चाइना बैङ्क नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ ।
बागमती प्रदेशका १० जिल्लामा विपत्का कारण धानबालीमा ठुलो क्षति पुगेको छ । असोज १८ देखि २० गतेसम्मको अविरल वर्षा र ‘मोन्था चक्रवात’ को प्रभावले धान खेतीमा व्यापक असर पु¥याएको हो ।
नेपाल राष्ट्र बैंकले शुसक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपियाँ ५७ पैसा र बिक्रीदर १४२ रूपियाँ १७ पैसा निर्धारण गरिएको छ ।
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत भदौ २३ र २४ गतेको आन्दोलनपछि कायम राजनीतिक अस्थिरताको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रले भोग्नुपर्ने देखिएको छ । अस्थिरताले मुलुकको अर्थतन्त्रको वृद्धिदरमै सुस्तता ल्याउने प्रक्षेपण गरिएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट सक्कल प्रमाण मिसिल झिकाउन आदेश दिएको छ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा घुसपैठकै कारण औद्योगिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको बताउनुभएको छ ।
पत्रकारले पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिइएको छ । प्रेस काउन्सिल नेपालले बिहीबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र आचारसंहिता’ विषयक अन्तक्रिया कार्यक्रममा वक्ताले पत्रकारका तर्फबाट आचारसंहिता कायम गर्न नसकिएको औँल्याएका छन् ।
अबदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने भएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोगमा आयोजित एक कार्यक्रममा यसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा आयोगले यस्तो व्यवस्था गरेको हो । शुभारम्भ कार्यव्रmममा जेनजी अभियानका अभियन्ताको पनि उपस्थिति थियो ।
धनकुटा नगरपालिका–९, बेलहराका किसान वेदप्रसाद रोइलाले यो वर्षबाट पाखोबारीमा धान खेती गर्नुभयो । धान खेती कहिल्यै नहुने, मकै, कोदो मात्रै हुने बारीमा पानी अभावमै पनि सधैँ सिँचाइ हुने खेतमा जस्तै धान फलेपछि उहाँ अहिले निकै खुसी हुनुहुन्छ । “अब अलि अलि पानी भए पनि धान खेती गर्न सकिने रहेछ, खासै समस्या नहुँदो रहेछ । सिँचाइ गरेर रोपेको खेतमा र पाखो बारीमा धान बराबरी नै फल्ने रहेछ,” रोइला भन्नुहुन्छ ।
थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र बहौरिया (बेहुली) को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ए–३२० जहाजका इजरायलमा रहेका इन्जिन छिटो ल्याई सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ।