बाजुरामा मतदान सुरु भएको सात घण्टाभित्र ३५ हजार मत खसेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो १२ बजेसम्म झण्डै ३५ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।
जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए ।
कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत गोदावरी नगरपालिका–१० स्थित शङ्कर आधारभूत विद्यालय मतदान केन्द्र नजिकै वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) माथि कुटपिट भएको छ।
रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार दिनको १२:३० बजेसम्म ४० प्रतिशत मत खसेको छ ।
काभ्रेपलान्चोक जिल्लामा मध्यान्ह १२ बजेसम्ममा २२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार जिल्लामा महिला ३० हजार १९५ र पुरुष ४३ हजार ७५४ जनाले मतदान गरेका हुन् । कुल मतदाताको संख्या १२ बजेसम्ममा ७३ हजार ९५४ जनाले मतदान गरेका छन् ।
सप्तरीमा बिहीबार दिउँसो १ बजेसम्म २६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ बजेसम्म २६ प्रतिशत मत खसेको हो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही आइपुग्नुभएको छ ।
रुकुमपश्चिममा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत मतगणना स्थल निर्माण गरिएको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको छ।
प्रतिनिधिसभा सदस्य चयनका लागि आज भएको निर्वाचनअन्तर्गत दाङमा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
ताप्लेजुङमा २८ प्रतिशत मत खसेको छ । बिहीबार दिउँसो १२ः१० बजेसम्ममा २८ प्रतिशत मत खसेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भइरहेको निर्वाचनमा किरीयापुत्रीले समेत मतदान गर्नुभएको छ ।
अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकसस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुइ वटा सैन्य विमान तैनाथ गरी नागरिक उद्वारमा तल्लिन रहेको अधिकारीहरुलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।