• २१ फागुन २०८२, बिहिबार

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

blog

घाइते वडाध्यक्ष रवीन्द्र शाही ।


 नीराजन परियार

चौमाला (कैलाली),फागुन २१ गते ।कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत गोदावरी नगरपालिका–१० स्थित शङ्कर आधारभूत विद्यालय मतदान केन्द्र नजिकै वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) माथि कुटपिट भएको छ।

मतदान गर्न जाने क्रममा मतदान केन्द्र बाहिर भएको विवादका क्रममा उहाँमाथि आक्रमण भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटनामा शाहीको टाउकोमा चोट लागेको छ।

शाही नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । सोही वडामा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका राम भण्डारीको समूहले ढुङ्गा प्रहार गरेको आरोप लगाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।