प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ।
महोत्तरी निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा सुरुवातदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको अग्रता निरन्तरत कायम राखेको छ ।
सर्लाहीमा क्षेत्र नं. २, ३ र ४ को मतगणना सुरु भएको छ । क्षेत्र नं. १ मा भने मतगणना सुरु गर्ने अन्तिम तयारी भइरहेको निर्वाचन अधिकृत टीकाबहादुर थापाले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ को मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्बर २ अन्तर्गत धुलिखेल नगरपालिकाबाट मत गणना सुरु भएको जनाएको छ ।
रुकुम पश्चिममा मत गणना सुरु भएको छ । शुक्रबार बिहान सर्वदलीय बैठक सम्पन्न भएपछि मत गणना सुरु भएको हो ।
काठमाडौँ प्रतिनधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि रन्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ ।
ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ ।
बागलुङ निर्वाचन क्षेत्र नं. २ मा मतगवणना सुरु भएको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको बुर्तिबाङ नयाँ शहर आयोजना कार्यालयको सभाहलमा मतगणना हुने भएको छ ।
रौतहट निर्वाचन क्षेत्र नं. १ को मतगणना सुरु भएको छ । सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा शुक्रबार बिहान १० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताउनुभयो ।
जुम्लामा शुक्रबार बिहान ८ः३० बजेबाट मतगणना सुरू भएको छ । पहिलो चरणमा कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ र २ को १२ सय ४६ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले अग्रता गर्नुभएको छ ।
नवलपुरमा शुक्रबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । मतगणनाअघि सर्वदलीय बैठक सम्पन्न भइसकेको छ भने अहिले राजनीतिक दलका प्रतिनिधि तय गर्ने काम चलिरहेको छ ।
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहान १ बजेदेखि सुरु भएको छ । प्राप्त प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि देखिनुभएको छ ।
प्रतिनिधिसभाको निर्वाचन अन्र्तगत धनुषा जिल्लामा रहेको चारवटा निर्वाचन क्षेत्र मध्ये धनुषा क्षेत्र नं.३ मा मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार रास्वपाका उम्मेदवार मनिष झाले भारी मतले अग्रता लिनुभएकोे छ ।
काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदिप विष्टले अग्रता पाउनुभएको छ । काठमाडौँ १० का निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार रास्वपाका विष्टले सात हजार २६७ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला हुम्लाका ६० वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट आइपुगेका छन्।