• १६ चैत २०८२, सोमबार

महोत्तरीको निर्वाचन १ मा रास्वपाको अग्रता कायमै

blog

अजय शाह
गौशाला (महोत्तरी), फागुन २२ गते ।
महोत्तरी निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा सुरुवातदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको अग्रता निरन्तरत कायम राखेको  छ ।

बर्दिवासस्थित निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको पछिल्लो मतगणना अनुसार वर्दिवास वडा नं १ र २ , गौशाला १, र भंगहा ३ को मतगणा हुँदासम्म रास्वपाका प्रमोदकुमार महतोले चार हजार ३९८ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरीराजमणी पोखरेलले १ हजार ८६८, नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले ८२ र कांग्रेसका मुकेश काफलेले ७०० मत प्राप्त गर्नु भएको छ ।