• १६ चैत २०८२, सोमबार

धादिङ–१ मा तीन वडाको मतगणना सम्पन्न

blog

अस्मिता पोखरेल 
धादिङबेंसी, फागुन २२ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ।

मुख्य निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार हालसम्म गल्छी गाउँपालिका वडा नम्बर ५, २ र ३ का मतपेटिका खोलेर मतगणना सम्पन्न गरिएको छ। प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम राखेको छ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार रास्वपाकी उम्मेदवार आशिका तामाङले १ हजार ७ सय ५२ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ। नेकपा (एमाले)का उम्मेदवार भूमि त्रिपाठीले १ हजार ९१ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ७ सय ३२ मत पाउनुभएको छ। त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद रिजालले ५३० मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गिता प्रसाद आर्चायले १८, मंगोल नेशनल अर्गनाइजेसनका सुमन तामाङले ३८, उज्यालो नेपाल पार्टीका श्यामराजा पाण्डेले १५ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार मतगणना प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ।

छ स्थानीय तह समेटिएको धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा कुल ८५ हजार ३ सय ३३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।