राजु लामिछाने
रुकुम पश्चिम, फागुन २२ गते । रुकुम पश्चिममा मत गणना सुरु भएको छ । शुक्रबार बिहान सर्वदलीय बैठक सम्पन्न भएपछि मत गणना सुरु भएको हो ।
निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरले बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणनाका सुरु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एक पालिकाका दुई वडाको मत एक साथ भन्ने भएको सहमति अनुसार मत गणना सुरु गरिएको छ । सुरुमा आठविसकोट नगरपालिका वडा नम्वर १ र ३ को क केन्द्रमा रहेको मत गन्न सुरु गरिएको छ ।
मतगणनाका लागि गणनास्थलमा सिसी क्यामेरा सहित सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु गरिएको छ ।
जिल्लामा ५९.०३ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कुल एक लाख ६ हजार ६६० मतदाता रहेकामा जिल्लामा ६२ हजार ९६८ मत खसेको हो । महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् ।