शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नौरते नेपाली
सिँजा (जुम्ला), फागुन २२ गते । जुम्लामा शुक्रबार बिहान ८ः३० बजेबाट मतगणना सुरू भएको छ । पहिलो चरणमा कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ र २ को १२ सय ४६ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले अग्रता गर्नुभएको छ ।
उहाँले ५२१ मत पाउँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले ४३५, सूर्य ७२, रूख १५४, घण्टी ९ र मादल २ मत प्राप्त गरेको छ । ३१ मत बदर भएको छ ।
७१ हजार ७ सय ३९ मतदाता मध्य ४० हजार ८ सय ९७ मत खसेको हो । जसमा महिला तर्फ २१ हजार १८५ र पुरूष तर्फ १९ हजार ७१२ मत खसेको छ । समानुपातिक ४१ हजार ६३१ मत खसेको छ । जुम्लामा ५७ प्रतिशत मत खसेको हो ।