महोत्तरी निर्वाचन क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।
रुकुम पश्चिममा सर्वदलीय बैठक सुरु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणनाका लागि सर्वदलीय बैठक बसेको हो ।
दुई वर्ष अघि भूकम्पले क्षतिग्रस्त जाजरकोट अदालतको भवनम मतगणना हुने भएको छ । बिहीवार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनका मतपेटिका मुख्य निर्वाचन कार्यालयमा आइपुगेका छन् । सबै मतदान केन्द्रबाट मतपेटिका जाजरकोट सदरमुकाम पुर्याएको हो ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना शुक्रबारबाट सुरु गरिने भएको छ ।
क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चपला पोखरेलले राससलाई जानकारी दिनुभयो ।
धनुषाका चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म निर्वाचन क्षेत्र नम्बर ३ मा मात्र मतगणना सुरु भएको छ भने अन्य तीन क्षेत्रमा गणना सुरु हुन सकेको छैन ।
रुकुमपूर्वको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता लिनुभएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गर्नुभएको छ ।
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं। १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार गणेश पराजुलीले चार हजार ६७७ मतसहित अग्रता लिनुभएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत एकराज अधिकारी का अनुसार गल्छी गाउँपालिका वडा नम्बर ५ का तीन मतदान केन्द्रको मतपेटिका खोलेर प्रारम्भिक मतगणना सम्पन्न गरिएको छ ।
चितवनको निर्वाचन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता लिनुभएको छ ।
चितवनको निर्वाचन क्षेत्र नं. २ मा भएको मत गणनाको पछिल्लो विवरण अनुसार रास्वपाका रवि लामिछानेले अग्रता कायम गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता लिनुभएको छ ।
सप्तरीका ४ वटै निर्वाचन क्षेत्रको मतगणनाको तयारी सुरु भएको छ । बिहीबार राति अबेरसम्म मतपेटिका सङ्कल भएको हुँदा शुक्रबार बिहान मतगणनाको तयारी सुरु गरिएको हो ।