शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शालिग्राम नेपाल
चितवन, फागुन २२ गते । चितवनको निर्वाचन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता लिनुभएको छ ।
यस क्षेत्रमा पर्ने माडी नगरपालिका–५, ६ र ९ नम्बर वडाको मतगणना हुँदा रास्वपाकी गौतमले ९२५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले पछ्याउनु भएको छ । नेकपाकी दाहालले ६७९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेकपा (एमाले) का शंकरराज थपलियाले २०२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ११९ मत प्राप्त गर्नुभएको छ । यस्तै, राप्रपाका दिपक थापाले २२ मत प्राप्त गर्नु भएको छ ।