राजु लामिछाने
रुकुम पश्चिम, फागुन २२ गते । रुकुम पश्चिममा सर्वदलीय बैठक सुरु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणनाका लागि सर्वदलीय बैठक बसेको हो ।
बैठकपछि मतगणना कार्य सुरु हुने बताइएको छ ।
बैठकमा विभिन्न राजनीतिक दलका नेता र उम्मेदवारहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्छ ।
बैठकमा निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरले निर्वाचन आयोगबाट प्राप्त निर्देशन जानकारी गराउनु भएको छ ।
जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटीका आइपुगेकाले सर्वदलीय बैठक सकेपछि मतगणना सुरु हुने छ ।
मतगणनाका लागि गणनास्थलमा सिसी क्यामेरा सहित सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना गरिनेछ ।
जिल्लामा ५९.०३ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कुल एक लाख ६ हजार ६६० मतदाता रहेकामा जिल्लामा ६२ हजार ९६८ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जसमा महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् ।