• २२ फागुन २०८२, शुक्रबार

चितवन–२ मत परिणामको पछिल्लो अवस्था

blog

शालिग्राम नेपाल 
चितवन, फागुन २२ गते ।
चितवनको निर्वाचन क्षेत्र नं. २ मा भएको मत गणनाको पछिल्लो विवरण अनुसार रास्वपाका रवि लामिछानेले अग्रता कायम गर्नुभएको छ ।

लामिछानेले दुई हजार ८०१ मत ल्याउदा नेकपा एमालेका अश्मिन घिमिरेले एक हजार दुई सय ५९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै गरी नेपाली कांग्रेसकी मिना खरेलले ९१६ मत ल्याउनु भएको छ । नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले एक हजार एक सय ५६ मत पाउनु भएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र २ अन्तर्गत इच्छाकामना गाउँपालिकाबाट मत गणना सुरु गरिएको छ । यही गाउपालिकामा घर भएका नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले राम्रो मत पाउनुभएको देखिन्छ । यसै क्षेत्रबाट रास्वपाका लाछिानेलेपनि राम्रो मत पाउनु भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत सहरी क्षेत्रको मत गणना गर्दा अझ रास्वपाका लामिछानेले अग्रता कायम गर्न सक्ने देखिन्छ ।