शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रवीन्द्र उप्रेती
बर्दिबास, फागुन २२ गते । महोत्तरी निर्वाचन क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।
बर्दिबासस्थित निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको पछिल्लो मतगणना अनुगासार अहिलेसम्म सात हजार २०३ मत गणना हुँदा रास्वपाका प्रमोदकुमार महतोले तीन हार ५४७ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका गिरीराजमणी पोखरेलले एक हजार ६२०, नेकपा (एमाले) लक्ष्मी महतो कोइरीले ७०३ र कांग्रेसका मुकेश काफलेले ५१७ मत प्राप्त गर्नु भएको छ ।
३० वडा रहेको क्षेत्र नं १ मा बिहान ८ः१५ बजेसम्म बर्दीबास १, २ र गौशाला वडा नं १ को मतगणना सम्पन्न भएको निर्वाचन अिधकृतको कार्यालय जनाएको छ । यी वडामा ३५३ म तबदर र छ हजार ८५० मत सदर भएको जनाइएको छ ।