• २२ फागुन २०८२, शुक्रबार

काठमाडौँ–६ र ८ मा पनि रास्वपाको अग्रता

blog

काठमाडौँ,  फागुन २२ गते ।  काठमाडौँ क्षेत्र–६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ ।

क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चपला पोखरेलले राससलाई जानकारी दिनुभयो ।

 यसैगरी, नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले एक हजार १८० र नेकपा (एमाले)का अमनकुमार मास्केले एक हजार ८६ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी, क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिनुभएको छ । उहाँले सात हजार ६१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका  सुमन सायमीले ९३८ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले ८९३ मत प्राप्त गर्नुभएको छ । रासस